३१ आश्विन २०८३, शनिबार

सुष्मामाथि सललल बग्यो पल शाहको मन (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pal shaha.

काठमाडौं । अचम्मको कुरा ‘मन सललल बग्दैछ’ । आजसम्म हामीले खोलाको पानी, हावाको बहाव लगाएत अन्य सललल बगेको थाहा पाएका थियौ । तर, बर्तमान अबस्थामा मनै सललल भएर बगेको छ ।

एकपटक झट्ट सुन्दा अचम्म लाग्छ । अनि हाँसो पनि । ‘कतै नभएको जात्रा हाँडि गाउँमा’ भने झै भएको छ । हुन त यो दुनियाँमा नहुने कुरा के नै छर ? भएपनि अचम्म र उल्का मात्र । तर, यहाँ कुरा अलि फरक छ । ‘मन सललल’ अर्कै तरिका बाट भएको रहेछ ।

कुरा हो एक पप गीतको । यहाँ गर्न खोजिएको कुरा ‘मन सललल’ वोलको गीत हो । जस्मा हिरा लामा र विना लिम्ब स्वर रहेको छ । भने, सिड तमाङको र्याप रहेको छ । यस गीतको शब्द तथा संगित गायक आशिक प्रजापतिको रहेको छ ।

सो गीतको राम्रो भिडियो बनाईएको छ । जस्मा पल शाह, सुष्मा लामा लगायत अन्य साथीहरुको स–सक्त अभिनय रहेको छ । गीतलाई रमेश थानेटले निर्देशन गरेका हुन् ।

सुलभ अधिकारीको छाँयानकन रहेको सो भिडियोलाई दिपक सापकोटाले कोरियोग्राफी गरेका हुन् । यस गीतको सम्पादन भने पवन शिम्खडाले गरेका हुन् ।

गीतको अडियो तथा भिडियो ‘रस क्रियशन एण्ड इन्टरटेन्मेन्ट’ले ब्याबस्थापन गरेको छ ।