मुम्बई । चर्चित टेलिसिरियल ‘बालिका बधु’की कलाकार प्रत्यूषा बनर्जीको आत्महत्याको कारण खुलेको छ ।
यसको खुलासा उनका प्रेमी (ब्वाईफ्रेण्ड) राहुलराज सिंहले गरेका हुन् । शनिबारदेखि हिरासतमा रहेका राहुलले प्रहरीको वयानमा आत्महत्याबारे मुख खोलेका हुन् ।
उनका अनुसार मृत्यु भन्दा पहिला एक अप्रिलका दिन प्रत्यूषा बनर्जी विहानैदेखि मदिराको नशामा थिइन् । त्यही दिन दुबैबीच झगडा पनि भएको थियो । यद्यपी राहुलले झगडाको कारण खोलेका छैनन् ।
राहुलले प्रहरीलाई भनेका छन् कि उनी प्रत्यूषा र आफ्नी अर्की केटी साथीसँग गोरेगाउँस्थित फ्ल्याटमा गएका थिए । त्यहाँ तीनै जनाले मदिरा सेवन गरे । यसै बीचमा राहुल आफ्नी केटी साथीसँग त्यहाँबाट निस्किए र अर्काे दिन विहान जब राहुल घर पुगे तब प्रत्यूषा र उनको विवाद सुरु भयो ।
समाचार अनुसार राहुल रातभरी केटी साथीसँग बस्दा प्रत्युषालाई शंका लागेपछि विवाद भएको थियो । प्रत्यूषा विवादको समय मदिरा पिइरहेकी थिइन् । राहुलले उनलाई रोक्न खोजेपनि उनले मानिनन् । त्यसपछि राहुल पनि उनीसँगै मदिरा पिउन थाले । र त्यसको केही समयपछि उनी त्यहाँबाट बाहिर निस्किए ।
बाहिरबाट राहुलले फोन गरेर खानाको बारे सोध्दा प्रत्युषाले नाई भनिन् । जब राहुल फर्किएर घर पुगे तब प्रत्युषा पंखामा झुण्डिएको अवस्था भेटिइन् । त्यसपछि तुरुन्तै राहुलले प्रत्युषालाई कोकिलाबेन अस्पताल लगे जहाँ डाक्टरले उनलाई मृत घोषित गरे ।
प्रहरीलाई राहुलले यो पनि बताएका छन् कि प्रत्यूषा जति पनि पैसा कमाउथिन् त्यो सबै आफ्नो घर पठाउथिन् । यद्यपी राहुलले स्वीकार गरेका छन् कि दुबैबीच झगडा भएको थियो । अन्तिममा उनले प्रहरीलाई म यति मात्रै जान्दछु र म निर्दोष छु भनेका छन् ।
















प्रतिक्रिया