३१ आश्विन २०८३, शनिबार

धुर्मुस-सुन्तलीको लोटे चर्पी सार्वजनिक (भिडियोसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dhurmus Suntali 10

काठमाडौं । सरसफाइको विषयमा निर्माण भएको सर्ट मुभि लोटे चर्पी सार्वजनिक गरिएको छ ।

धुर्मुस सुन्तली युट्युब च्यानलमार्फत उक्त जनचेतनामुलक फिल्म सार्वजनिक गरिएको हो । सरसफाई र शौचालयको महत्व, आवश्यकता एवं प्रयोगबारे आम नागरिकलाई जानकारी गराउन कोडेफ र डब्लुएसएससीसको आर्थिक सहयोगमा लोटे चर्पी निर्माण गरिएको हो ।

नवलपरासी र काठमाण्डौँमा खिचीएको यस सर्ट फिल्मले समाज फेरीएको कथा प्रस्तुत गरेको छ । लोटे चर्पीले पानी बोकेर बारीको पाटा वा खुला स्थानमा दिशा गर्नेहरु प्रति व्यंग्य गर्दै सरसफाइमा लाग्न प्रेरणा दिनेछ । साथै लोटे चर्पीलेखुला ठाउँमा दिशा पिसाब गर्दा भोग्नुपर्ने अनेक समस्यालाई पनि रमाइलो ढंगले समेटेको छ । देशलाई खुला दिशामुक्त बनाउने अभियानमा सर्ट मुभि लोटे चर्पीले सघाउ पुर्याउने कोडेफका अध्यक्ष गुणराज श्रेष्ठले बताएका छन् ।

लोटे चर्पीमा धुर्मुस, सुन्तलीसँगै नाजीर हुसेन, खेम शर्मा, शिशिर भण्डारी, काजी रम्तेल, गोपाल लामा, वर्षा खड्का, सुरज आर्चाय, विनोद राई, विष्णु बुढाथोकीलगायत देखिएका छन् । लोटे चर्पीमा धुर्मुस के छु की थेगोसहित काकुलाल पात्रको भूमीकामा देखिएका छन् ।

चलचित्रको कथा, पटकथा एवं संवाद हाँस्य टेलिश्रृंखला भद्रगोलका अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री) ले तयार गरेका हुन् । धुर्मुस सुन्तलीको निर्देशन रेको लोटे चर्पीलाई सुदिप बरालले खिचेका छन् ।

हेर्नुहोस् भिडियो: