२५ कार्तिक २०८३, बुधबार

राजधानीमा अर्काे भयानक दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौं, २२ चैत । राजधानीमा सोमबार अर्काे भयानक दुर्घटना भएको छ ।

यसअघि आइतबार स्वयम्भुमा भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको थियो ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बुढानिलकण्ठ नगरपालिका–३ गोल्फुटारस्थित सडकमा बा.३ ख ७१० नम्बरको ट्रकले बा.३४ प ७८८३ नम्बरको मोटरसाइकललाई सोमबार ठक्कर दिंदा गम्भीर घाइते भएका मोटरसाइकल चालक बुढानिलकण्ठ नगरपालिका–३ चपली बस्ने २१ वर्षीय अमिर घिमिरेको उपचारको लागि शिक्षण अस्पताल महाराजगंज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

साथै मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २६ वर्षीय राजेन्द्र घिमिरे र १४ वर्षीय मुनक घिमिरे समेत घाइते भएकोले शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ ।

दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।