३१ आश्विन २०८३, शनिबार

‘झिँगा मार्न बन्दुकको प्रयोग, प्रधानमन्त्रीको आवाज सँधै अन्तिम हो’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डा. दुर्गेशमान सिंह, पूर्वराजदूत

– मनोज खतिवडा

यो अन्तर्राष्ट्रिय कुटनीतिक मर्यादा विपरितको कदम थियो । दुबै मित्रराष्ट्रले राजनीतिक र कुटनीतिक तहबाट आफ्नो धारणा अभिव्यक्त गर्नुपथ्र्यो, प्रचलित मान्यताविपरित अन्तर्राष्ट्रियकरण गरेर जसरी आफ्नो धारणा ल्याइएको छ यो कुनैपनि कोणबाट जायज छैन । एउटा सानो देशमाथि ठूला देशहरुबाट हुने हेपाहा व्यवहारको पराकाष्ठा हो, यो घटना । यद्यपि यसलाई स्वाधीनतामाथिकै आघात हुने तहबाट त मैले लिएको छैन । एउटा सानो परिघटनालाई लिएर जसरी नाङ्गो रुपमा भारत र इयूद्वारा यो विषय अन्तर्राष्ट्रियकरण भयो यो चाहिँ झिँगा मार्न बन्दुकको प्रयोग गरेजस्तै हो । नेपालको छविको कुरा गर्दा इतिहासमा निक्कै कठिन संघर्षद्वारा यो राष्ट्रलाई कहिल्यै कसैको उपनिवेश हुन नदिएको हो हाम्रा पुर्खाले । तसर्थ आजपनि हाम्रो अन्तर्राष्ट्रिय छवि विशिष्ट र उच्च नै रहेको छ ।