२५ कार्तिक २०८३, बुधबार

पैसाले लियो ज्यान, आफ्नै साथीले गरे विभत्स हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dsp krishna koirala panchthar-press

– कृष्ण ओझा
फिदिम, २१ चैत । पाँचथर रवि बजारमै सुनचाँदी व्यवसाय गर्दे आएका झापा लखनपुर–१ का भिम घिमिरे घतानी भनेर चिनिने २८ बर्षीय मिनबहादुर विकलाई हत्याको आरोपमा प्रहरीले चैत १८ गते काठमाडौंदेखि पक्राउ गरेको हो ।

पक्राउ परेका विकले नक्कली सुनको पोल खुल्ने डरले पाँचथर रवि बजारका व्यवसायी ३३ वर्षीय दिनेश रेग्मीको हत्या गरेको अनुसन्धानमा खुलेपछि उनलाई पक्राउ गरिएको हो ।

चैत १ गते दिनेशको अपहरणपछि हत्या भएको थियो र प्रहरीद्वारा घटनाको अनुसन्धान गर्ने क्रममा सो तथ्यको खुलासा भएको हो ।

12417568_1325697454112283_2036526023017568379_n

आइतबार जिल्ला प्रहरी कार्यालय पाँचथरले फिदिममा पत्रकार सम्मेलन गर्दै एक जना अभियुक्त सहित दिनेश हत्याको कारण सार्वजनिक गरेको हो ।

डिएसपी कृष्ण प्रसाद कोइरालाको नेतृत्वमा अनुसन्धान टोली गठन गरी अनुसन्धान गर्ने क्रममा मिनबहादुर फेला परेका हून ।

प्रहरी अनुसन्धानबाट प्राप्त जानकारी अनुसार मिनबहादुरले दिनेशमार्फत अधिक मात्रामा नक्कली सुनसहितका गहना धितो राखेर लिएको ऋण तिर्न सक्ने अवस्था नभएपछि हत्याको घटना घटाएको बुझिएको छ ।

सुन राखेर ३५ लाख लिएको ऋण रुपियाँ तिर्न नसक्दा दिनेशले अन्यत्रै बेचेर असुलेको खण्डमा नक्कली सुनको पोल खुल्ने डरले मिनबहादुरले योजनाका साथ उनको हत्या गरेको जनाइएको छ ।

मिनबहादुरले एकजना व्यवासायिक अपराधीको उपयोग गरेर दिनेशको हत्या गरेको देखिएको बताइएको छ ।

यसबारेमा थप अनुसन्धान गरेर संलग्नलाई पक्राउ गर्ने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताएका छन् ।

रिचार्ज कार्ड र चुरोटको होलसेल व्यवसायी दिनेशको रवि बजार नजिकैको इलाम फूयतप्पा–५ को जङ्गलमा लगि हत्या गरिएको थियो । रवि बजारको घिमिरे ज्वेलर्सका प्रोपाइटर मिनबहादुर र दिनेश एक आपसमा मिल्ने साथी रहेका स्थानीयले बताएका छन् ।

योजनाबद्धले जङ्गल पुर्याएपछि सुनबारे विवाद निकालेर सुरुमा पछाडी टाउकोमा ह्याम्बरले हानी बेहोस पारि घाँटी, निधार लगायतमा छुरी प्रहर गरी दिनेशको हत्या गरेको वयान मिनबहादुरले दिएको प्रहरीले जनाएको छ ।

हत्या गरेकै दिन चावी लिएर दिनेशको दोकान खोलेर गहना लुट्ने अभियुक्तको प्रयास असफल भएको समेत अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

सोहि दिन बजारबासीले दिनेश हराएको जानकारी पाएपछि उनको दोकानमा अर्को चाबी लगाई दिनुका साथै प्रहरीले सुरक्षा बढाएपछि उनीहरुको लुट्ने योजना विफल भएको देखिएको छ ।

ग्राहकबाट आउने सुनका गहनाहरु समेत दिनेशकोमा धितो राख्ने गरेका सौखिन र महात्वकांक्षीे जीवनशैलिका मिनबहादुरले ऋणमा डुबेपछि कुकृत्य गर्न पुगेको देखिएको छ ।

पक्राउ परेका मिनबहादुरलाई आवश्यक कारवाहीका लागि आइतबार नै पाँचथर प्रहरीले इलाम प्रहरीलाई बुझाएको छ ।