३१ आश्विन २०८३, शनिबार

आत्महत्या गरेकी प्रत्यूषाको खुल्यो ठूलो पोल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

anandi_parthusa

मुम्बई । चर्चित धारावाहिक सिरियल ‘बालिका बुधु’ मा ‘आनन्दी’को भूमिकामा चर्चित बनेकी प्रत्यूषा बनर्जीको मृत्युको घटनामा ठूलो खुलासा भएको छ ।

प्रत्यूषाको शवलाई पोस्टमार्टम गरेका डाक्टरले ठूलो खुलासा गर्दै उनी गर्भवती भएको संकेत पाइएको हो । डाक्टरहरुका अनुसार प्रत्यूषा करिब २ महिनादेखि गर्भवती थिइन् ।

पोस्टमार्टमका क्रममा प्रत्यूषाको गर्भाषयमा सेतो रंगको गाढा पदार्थ देखिएको थियो । जसले गर्भधारणको सुरुवाती स्टेजको संकेत गर्छ । पुलिस सर्जन डाक्टर एसएम पाटिलले यो कुराको पुष्टि गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

२५ वर्षीया चर्चित टिभी कलाकार प्रत्यूषा शुक्रबार आफ्नै घरमा झुण्डिएरको अवस्थामा फेला परेकी थिइन् ।