३१ आश्विन २०८३, शनिबार

आत्महत्या गरेकी प्रत्यूषालाई किन बेहुली बनाएर घाट लगियो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pratyusa-benarjeeeee

मुम्बई । चर्चित धारावाहिक सिरियल ‘बालिका बुधु’ मा ‘आनन्दी’को भूमिका निभाउँदै आएकी प्रत्यूषा बनर्जीको पार्थिव शरीरलाई आइतबार अन्त्येष्टि गरिएको छ ।

निधन भइसकेपछि पनि प्रत्यूषालाई बेहुली झैं गरगहनासहित सिंगारेर अन्त्येष्टि गरिएको हो । उनको शवलाई विद्युतीय शवदान गृहबाट अन्त्येष्टि गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अन्त्येष्टि कार्यक्रममा परिवारका सदस्यको साथै नजिकका मित्रहरु उपस्थित थिए तर, पुलिसको घेरामा रहेका उनका प्रेमी रोहितराज भने अन्त्येष्टिमा सहभागी भएनन् । उनलाई छातिमा इन्फेक्शन देखिएपछि अस्पताल भर्ना गरिएको छ ।

अन्त्येष्टि कार्यक्रममा बलिउडका कलाकारहरु राखी सावन्त, काम्या पञ्जाबी, रतन राजपूत, गजेन्द्र चौहान, जय भानुशाली, माही विज, शिल्पा अग्निहोत्री लगायतले प्रत्यूषाप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

२५ वर्षीया प्रत्यूषा शुक्रवार आफ्नै घरमा झुण्डिएको फेला परेकी थिइन् । उनको दुःखद निधनले पुरै बलिउड शोकमा डुबेको छ ।

निधनपछि किन बेहुली बनाइयो ?
प्रत्यूषाका नजिकका साथीहरुका अनुसार उनी विवाहको तयारीमा थिइन् । डिजाइनर रोहित वर्माले उनको विवाहका लागि लेहंगाको डिजाइन समेत तयार पारेका थिए । त्यसैकारणले प्रत्यूषाका साथीहरुले उनलाई बेहुलीको भेषमा अन्त्येष्टि गर्ने निर्णय गरे । त्यहीअनुसार उनको शवलाई बेहुली कपडाले सजाएर घाटसम्म लगियो ।