काठमाडौं, २१ चैत । नेपाली कांग्रेसको संसदीय दलको नेतामा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले उम्मेदवारको टुंगो लगाएको छ ।
संसदीय दलको निर्वाचन यही चैत २४ गते हुँदैछ । यो निर्वाचनमा पौडेल समूहबाट वरिष्ठ नेता पौडेल नै उम्मेदवार बनेका हुन् । सभापतिमा दुई–दुई पटक देउवासँग हारेका पौडेल फेरि पनि सभापति शेरबहादुर देउवालाई नछाड्ने निर्णयमा पुगेका हुन् ।
आइतबार बोहोराटारमा पौडेल पक्षीय नेताहरुको भेलाले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको स्रोतले जनाएको छ ।
यसअघि पहिलो संविधानसभाको निर्वाचनपछि पौडेलले देउवालाई संसदीय दलको निर्वाचनमा हराएका थिए । तर, अहिले बहुमत देउवासँग रहेको बताइन्छ ।













प्रतिक्रिया