३१ आश्विन २०८३, शनिबार

राजेशसँगको विहेबारे रेखाले मुख खोलिन, यसरी फिदा भइन !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajesh-rekha

काठमाडौं । गएको अप्रिल फूल (अप्रिल १ तारिख)मा अभिनेत्री रेखा थापा र गायक राजेशपायल राईको विहे हुने भन्ने समाचार भाइरलै बन्यो ।

महानायक राजेश हमालको विहे भइसकेकोले धेरैले गायक राजेशपायल राईलाई अड्कल गरे । धेरैका नजरमा राजेशको विवाह कहिले भन्ने थियो भने थापा पनि एक्लि थिईन् ।

जुन दिन राजेश र रेखाको विबाह भनेर समाचार आएको थियो त्यो दिन(चैत २६) रामप्यारीको रिलिज हुने दिन थियो । कतै रेखाले फिल्म रिलिज भएकै दिन राजेशसँग लगन गाठो गाँस्छिन् कि भन्ने सबैलाई शंकाको विषय बनेको थियो । तर त्यो अप्रिल फूल मात्र थियो ।

यस बारेमा राजेशसँग टेलिफोनमार्फत कुरा गर्दा राजेशले यसलाई अप्रिल फूलकै रुपमा लिन आग्रह गरे । उनले आफू रेखाको सुन्दरता र अभिनयको फ्यान भएको बताए । उनले भने- ‘भविष्य कसले देखेको छ र हरेक कुरामा सम्भावना सधै जिवित रहन्छ ।’

सोही विषयमा रेखासँग टेलिफोनमार्फत कुरा गर्दा रेखाले हास्दै राजेश जी मलाई एकदमै मनपर्ने गायक भएको बताईन् । उनले भनिन्- ‘राजेशजी मलाई एकदमै मनपर्ने गायक हुनुहन्छ उहाँको मुखमा सरस्वतीको बास छ, म उहाँको आवाजको फ्यान हुँ ।’