३१ आश्विन २०८३, शनिबार

पहिलो पटक देउरानी-जेठानी एकै फिल्ममा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jharana-suvecxaकाठमाडौं । नेपाली चललित्रकी नायिका झरना थापा र शुभेच्छा थापा पहिलो पटक एकै फिल्ममा अभिनय गर्ने भएका छन् ।

नाताले एकैपरिवारका देउरानी–जेठानी पर्ने दुवै नायिकाले धेरै फिल्ममा अभिनय गरिसकेका छन् । तर, अहिलेसम्म सँगै देखिएका छैनन् । फिल्म क्षेत्रमा आएको लामो समयपछि अब भने दुबै नायिका एउटै फिल्ममा देखिने निश्चित भएको छ ।

हरि उदासीले निर्देशन गर्ने फिल्म ‘साथी तिमी नै हौऊ’मा दुवै नायिका एकसाथ देखिनेछन् । फिल्मलाई अर्जुन न्यापानेले निर्माण गर्न लागेका हुन् ।

सभ्य, सुशील नारीको भुमिकामा देखिने जेठानी झरना र नग्न तथा हट सिन दिन माहिर देउरानी सुभेच्छालाई फिल्ममा कस्तो अवतारमा देख्न पाइने हो त्यो हेर्न बाँकी नै छ ।