२५ कार्तिक २०८३, बुधबार

झाँक्रीद्वारा दाउरा प्रहारी गरी साथीको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jail Nepalगुल्मी, २१ चैत । गुल्मी जिल्लामा एक युवकले आफ्नै साथीलाई दाउराको चिरपटले प्रहार गरी हत्या गरेका छन् ।

बिहीवार भगवती प्राथमिक बिद्यालयको प्राङ्गणमा मृत अवस्थामा भेटिएका हर्दिनेटा ६ का विशाल गाहालाई हर्दिनटा गाविस ६ कै २० वर्षीय किशोर झाक्रीले दाउराले टाउकोमा हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

बुधबार साझँ विशालसहित अन्य ४ जना बसेर छिमेकी एक होटलमा मदिरा सेवन गरेपछि विवाद भएको प्रहरी निरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

‘मदिरा सेवन गरेपछि अन्य साथीहरू हिँडेपछि झाक्री र गाहासँगै निस्केका थिए’, प्रहरी निरक्षक मिश्रले भने, ‘सामान्य विवाद हुँदा झाक्रीले दाउराले हानेर हत्या गाहको हत्या गरेको स्वीकारेका छन् ।’

हत्यामा संलग्न झाक्रीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । हत्या प्रकरणका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक मिश्रले बताए ।