३१ आश्विन २०८३, शनिबार

यसरी बनेकी थिइन आनी छोइङ पप स्टार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aani chhoing dolma singer– विजय थापा

वाशिंगटन डिसी । गायिका तथा युनिसेफकी सद्भाव दूत आनी छोइङले वाशिंगटन डिसीस्थित लिस्नर सभा मण्डपमा बेजोड प्रस्तुति गरेकी छिन् ।

गोर्खाली फाउनडेसनको सहयोगमा भिन्तुनाइन्टरनेसनलको मुख्य आयोजनामा गरेको कार्यक्रम सफलताको साथ सम्पन्न भएको छ । कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा अर्जूनकूमार कार्कीको साथै बिदेशी दर्शकहरु उनको प्रस्तुति हेर्न भनि आएका थिए ।

कार्यक्रम हेर्न व्यस्त समयको बाबजुद पनि समय व्यवस्थापन गरि परिवार, बालबच्चा सहित भर्जिनिया, डिसी म्यारिल्याण्ड, पेनसेलभानिया, न्युयोर्क तथा अन्य राज्यहरुबाट पनि नेपाली समुदायहरु आएका थिए ।

आनी छोइङ डोल्माले बौद्ध मन्त्र तथा आध्यात्मिक गीत सुनाएकी थिइन ।

आनीले आफ्ना लोकप्रिय गीतहरु बटुवा हो बटुवा, जय होस् तिम्रो मंगल होस्, ओम माने पेमे, ओम तारे, हुन्छ मलाई बिहान त्यो क्षण, इच्छा मेरो, हे भगवान, लोक लय भाकाको गीत आदि प्रस्तुत गरेकी थिइन् ।

उनले मन्त्र तथा गीत गाउनु अगाडि गीत तथा मन्त्रको अर्थ बिदेशी दर्शकलाई बताएकी थिइन् । धेरै गीत र मन्त्र प्रस्तुति गरि सकेपछि उनले भनिन् साना बच्चादेखि सबै उमेरकाले मन पराएको गीत फूलको आँखामा फूलै संसार गीत दर्शक माझ प्रस्तुत गरिन ।

उनले यो गीत गाउनुअघि यो गीतले आफूलाई पप स्टार बनाएको बताएकी थिइन् । उनले अगाडि भनिन आफू बुद्ध धर्मको मान्छे पप स्टार नामले चिनिए भन्दै कस्तो विरोधाभास कुरा त भएन भनि ठट्टा गरिन ।

आनी छोइङ्ग गत मार्च २० तारिखमा राष्ट्रसंघ न्युयोर्कमा आध्यात्मिक गीत सुनाएकी थिइन ।