२५ कार्तिक २०८३, बुधबार

विभाजनको संघारमा पुगेको राप्रपा नेपालको कार्यसमिति बैठक सक्किदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rpp Nepal Kamal Thapaकाठमाडौं, २० चैत । पार्टी विभाजनको संघारमा पुगेको राप्रपा नेपालको केन्द्रीय कार्यसमितिको पूर्ण बैठक आज सक्किने तयारीमा छन् ।

वीरगञ्जमा दुई दिनेदेखि जारी बैठक आज बेलुकासम्म सम्पन्न गर्ने तयारी भएको हो । बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका साथै सांगठनिक र अन्य विविधि विषयमा निर्णय हुने छन् ।

बैठकले पार्टी अनुशासन विपरितका कार्य गरेको भन्दै सहअध्यक्ष केशरबहादुर विष्टलाई तीन वर्षका लागि साधारण सदस्य समेत नरहने गरी कारबाही गरेर निष्काशन गरेको छ । यो कारबाहीलाई असन्तुष्ट पक्षले विरोध गर्दै आएको छ ।

राप्रपा नेपालका अधयक्ष कमल थापाले पार्टी निरंकुश शैलीमा चलाएको आरोप लगाउँदै विष्टले विद्रोह गरेका थिए । उनले राप्रपा नेपाललाई फुटाउनका लागि भित्रभित्रै तयारी गरेको थापाको आरोप छ ।