२५ कार्तिक २०८३, बुधबार

विपक्षी दल कांग्रेसका भातृ संगठनहरू उठ्दै, प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-oliकाठमाडौं, २० चैत । नाकाबन्दी र मधेस आन्दोलनको बहाना बनाएर मुलुकमा व्याप्त कालोबजारी र महँगी नियन्त्रणको माग गर्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसको भातृ संगठनहरूले आज प्रधानमन्त्री केपी ओलीसँग भेट गर्दैछन् ।

मध्यान्ह १२ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेविसंघ, नेपाल तरुण दल, नेपाल महिला संघसहितका भातृसंस्थाका नेताहरूले आलीसँग भेट गरी कालोबजारी र महँगी नियन्त्रणको माग गर्ने छन् ।

ज्ञापनपत्र बुझाउने क्रममा उनीहरूले भूकम्पपछिको पुनःनिर्माणलाई तीब्रता दिन पनि प्रधानमन्त्री ओलीसँग आग्रह गर्ने छन् ।

नेविसंघका प्रवक्ता यूपी लामिछानेका अनुसार मुलुकमा व्याप्त कालोबजारीले गर्दा जनताले महँगीको सामना गरिरहेकाले दबाब दिनका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागिएको हो ।

भारतको अघोषित नाकाबन्दी र मधेस आन्दोलनका कारण नेपाली जनताले लामो समयदेखि इन्धन पाउन सकेका छैनन् । यसैलाई बहाना बनाएर कर्मचारी, केही नेता र व्यापारी मिलेर ग्यास र तेलमा कालोबजारी गरेको आरोप लाग्ने गरेको छ ।