२५ कार्तिक २०८३, बुधबार

भारतलाई प्रचण्डको चेतावनी- सानो छ भनेर नहेप, प्रतिकार गर्न बाध्य हुनेछौं

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda

काठमाडौँ, १९ चैत । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको सार्वभौमसत्ता, अखण्डता र स्वतन्त्रताका विरुद्ध गतिविधि गर्ने अधिकार कोहीकसैलाई नभएको बताउनुभएको छ ।

ललितपुरमा निर्मल लामा स्मृति प्रतिष्ठानले आज आयोजना गरेको ‘कमरेड निर्मल लामा र नेपाली राष्ट्रिय स्वाधीनताको प्रश्न’ विषयको अन्तक्र्रियालाई सम्बोधन गर्दै उहाँले नेपाली जनताको निर्णय नै आफूहरुलाई स्वीकार्य रहेको र अन्यथा कोहीकसैले चासो राख्नुको आवश्यकता नभएको बताउनुभयो ।

नेपालको स्वतन्त्रता रक्षाका लागि प्रतिरोध गर्न नेपाली जनता तयार रहेको चेतावनी भारतलाई दिँदै अध्यक्ष प्रचण्डले भन्नुभयो- “नेपालको निर्णय गर्ने अधिकार नेपाली जनतालाई मात्रै छ, कोहीकसैले नेपालको संविधानमा यसो राख, उसो गर भन्ने अधिकार छैन । सानो देश भनेर हेप्न परम्परा अब स्वकार्य हुँदैन् ।”

नेकपा (एमाले)का नेता भरतमोहन अधिकारीले संविधानसभाबाट नेपालको संविधान जारी भएपछि राष्ट्रिय स्वतन्त्रतामा विभिन्न प्रकारको टीकाटिप्पणी सुरु भएको भन्दै त्यसविरुद्ध साझा प्रतिवाद गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा एमाओवादीका नेता अमिक शेरचन, लीलामणि पोखरेल र दीनानाथ शर्माले राष्ट्रिय स्वाधीनताको पक्षमा चेतना जगाउने काम निर्मल लामाले सुरु गर्नुभएको बताउँदै वर्तमान सन्दर्भमा राष्ट्रियताका पक्षमा अझ दृढताका साथ उभिनुपर्नेमा जोड दिनुभयो ।

पूर्वसभामुख दमननाथ ढुङ्गानाले कम्युनिस्ट आन्दोलनभित्र ‘गरिखाने वर्ग’का नेता लामाको योगदानलाई स्मरण गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । रासस