२५ कार्तिक २०८३, बुधबार

भारत र ईयुप्रति प्रधानमन्त्री ओली आक्रामक, संयुक्त विज्ञप्तिमा मन्त्रिपरिषद्को आपत्ति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-oliकाठमाडौं, १९ चैत । सरकारले भारत र युरोपेली युनियन ईयुले नेपालको संविधानका विषयमा गरेको टिप्पणीप्रति गम्भीर आपत्ति जनाएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले भारत र ईयुको संयुक्त विज्ञप्तिले नेपालीको भावनामा चोट पुगेको र सो संयुक्त राष्ट्र संघको बडापत्र विपरित रहेको निष्कर्षसमेत निकालेको हो । बैठकले अन्तर्राष्ट्रिय मन्चमा भारतले देखाएको रबैयाप्रतिसमेत गम्भीर आपत्ति प्रकट गरेको छ ।

बैठकमा भारत र ईयुको संयुक्त वक्तव्यमाथि छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भारत र ईयुको वक्तव्यप्रति आक्रामक देखिनुभएको थियो ।

यसैबीच बैठकमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी गर्ने विषयमा पनि छलफल भएको थियो । बैठकले प्रधानमन्त्रीको चीन भ्रमण सकारात्मक र फलदायी भएको निष्कर्ष निकालेको छ ।