२५ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्री व्यस्त भएपछि मन्त्रिपरिषद्को बैठक स्थगित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pm-niwas-baluwatar

काठमाडौं, १८ चैत । प्रधानमन्त्री केपी ओलीको व्यस्तताका कारण आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक अन्तिम समयमा आएर स्थगित भएको छ ।

मन्त्रिपरिषद् बैठकमा विभिन्न मन्त्रालयका नियमित एजेन्डामा छलफल हुने कार्यक्रम थियो ।

आजका लागि स्थगित भएको मन्त्रिपरिषदको बैठक शुक्रबार बिहान ९ बजे बस्ने तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।