२५ कार्तिक २०८३, बुधबार

नेपालको संविधानलाई अधुरो भन्ने भारत र इयुलाई प्रधानमन्त्री ओलीको चेतावनी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-Oli

काठमाडौं, १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अनावश्यक चासो नराख्न दक्षिणी छिमेकी भारत र युरोपेली मुलुकहरुलाई चेतावनी दिनुभएको छ ।

आफ्नो आन्तरिक मामिला सम्बोधन गर्न नेपाल आफैं सक्षम रहेको बताउनुहुँदै उहाँले बिहीवार काठमाडौंमा आयोजित एक गोष्ठीमा नेपाल कसैको सुझावका आधारमा नभइ आफ्नै ढंगले अगाडि बढ्ने स्पष्ट पार्नुभयो ।

सार्वभौम मुलुकले लोकतान्त्रिक प्रक्रियाबाट बनाएको संविधान चित्त नबुझाएका भारत र युरोपेली मुलुकहरुलाई सर्वसम्मतिबाट बनाइएका संविधान देखाउन उनले चुनौतीसमेत उहाँले दिनुभयो ।

बेल्जियमको ब्रसेल्सबाट भारत र युरोपियन युनियन (इयु)ले नेपालको संविधान अधुरो रहेको भन्दै संयुक्त विज्ञप्तिमा उल्लेख गरेलगत्तै प्रधानमन्त्री ओलीले उत्तरी छिमेकी चीनका राजदूत वु चुन्ताइ समेतको सहभागिता रहेको सभामा भन्नुभयो- ‘सार्वभौम र स्वतन्त्र मुलुक नेपाल दुई देशको तुलनामा भौगोलिक हिसाबले सानो होला तर हामी हाम्रो बारेका निर्णय आफैँ गर्न सक्षम छौँ । कुनै पनि बहानामा यसो गर र उसो गर भनेर आत्मसम्मानमा चोट पुग्ने गरी कसैले पनि बोल्नुहुँदैन ।