२५ कार्तिक २०८३, बुधबार

ठमेलमा प्रहरीको छापा, युवतीसहित २ सयभन्दा बढी पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sex-workerकाठमाडौं, १८ चैत । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा अवैध धन्दा सञ्चालन हुने गरेको थाहा पाएपछि प्रहरीले त्यहाँका विभिन्न स्थानमा छापा मारेको छ ।

छापामारी गर्ने क्रममा प्रहरीले २ सयजनाभन्दा बढीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सो¥हखुट्टले अवैध रुपमा सञ्चालित यौनधन्दा, स्पा र मसाज सेन्टर, डान्स र डिस्कोहरुमा छापा मारेको हो ।

पर्यटकीय नगरी ठमेल क्षेत्रमा यौनधन्दा फस्टाएको, लागूऔषध कारोबारीको संख्या उल्लेखनीय रहेको, सडकमै बसेर रातको समयमा नाङ्लो पसललेहरुले थोरै परिणाममा लागूऔषध बेच्ने गरेको पाइएपछि छापा मारिएको डिएसपी सोमेन्द्रसिंह राठौरले बताउनुभएको छ ।

केही लज तथा होटलहरुमा छापा मारेर सञ्चालकसहित केही युवती पक्राउ गरिएको उहाँले बताउनुभयो । प्रहरीले छापामारी १२ दिनमा २ सयभन्दा बढीलाई पक्राउ गरेपछि व्यवसायीहरु त्रसित भएका छन् ।