३१ आश्विन २०८३, शनिबार

नायिकासँग ५० लाख मागेर यसरी गरियो बेइज्जती

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

alisa5_1459279863मुम्बई । आफ्नो पुरानो ब्वायफ्रेन्डका कारण बलिउड अभिनेत्री अलीसा खानलाई घरमा कैद हुनु परेको समाचार बाहिरिएको छ । त्यति मात्रै होइन उनले सामाजिक बेइज्जती पनि बेहोर्नु परेको छ ।

गाजियाबादमा रहेका एक्स ब्वायफ्रेन्डले विभिन्न धम्की दिएर हैरान भएपछि अभिनेत्री अलीसा घरबाट बाहिर नआएकी हुन् । उनीलाई ती व्यक्तिले अश्लील धम्की पनि दिने गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

धम्की आएपछि अलीसाले प्रहरीमा उजुरी दिएकी छिन् । प्रहरीले अलीसाका पूर्व व्वायफ्रेन्डसलाई खोजी गरिरहेको छ । अलीसा गाजियाबाद बसाल्ने नवाब गाजीयाउद्दीनकी वंशज पनि हुन् ।

१८ मार्चमा अलीसाका एक्स ब्वायफ्रेन्डले ५० लाख रुपियाको माग गरेका थिए । पैसा नदिए अलीसासँगको पर्सनल भिडियो सोशल साइटबाट सार्वजनिक गर्ने धम्की दिएका थिए ।

त्यसपछि एक्स ब्वायफ्रेन्डले अलीसाको पर्सनल भिडियो ह्वाट्स एपमा हालिदिएका थिए । भिडियो सामाजिक सञ्जालहरूमा भाईरल बनेको थियो । एजेन्सी

alisa1_1459279862