
काठमाडौं, १८ चैत । मुलुकको पछिल्लो राजनीतिक अवस्था र आन्दोलनका विषयमा छलफल गर्न मधेसी मोर्चाको बैठक आज बस्ने भएको छ ।
राजधानीमा दिउँसो दुई बजे बस्ने बैठकमा मधेस आन्दोलन र तयारीका विषयमा छलफल हुनेछ । सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनका अनुसार बैठकमा मधेस आन्दोलनको अहिलेसम्मको समीक्षा हुनेछ ।
लामो समयदेखि बस्न नसकेको मधेसी मोर्चाको आजको बैठकमा शीर्ष नेताहरूलाई बोलाइएको छ ।
सरकारलाई दिएको अल्टिमेटभित्र पनि मागको कुनै सुनुवाइ नभएको जनाउँदै आएको मधेसी मोर्चाले वैशाखदेखि फेरि आन्दोलन गर्ने मुड बनाएको छ ।












प्रतिक्रिया