काठमाडौं, १८ चैत । राजकाजको मुद्दा झेलिरहेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा.सीके राउतले आज काठमाडौंमा पत्रकार सम्मेलनको तयारी गरेका छन् ।
आफू काठमाडौंमा विगत चार दिनदेखि बस्दा पनि पत्रपत्रिकाले स्थान नदिएपछि डा.राउतले पत्रकार सम्मेलन गर्न लागेका हुन् । डा.राउतका सहयोगीका अनुसार उनले मध्यान्ह १२ बजे पत्रकार सम्मेलन गर्ने छन् ।
पत्रकार सम्मेलनमा डा.राउतले आफ्नो गतिविधिका विषयमा जानकारी गराउने छन् । उनले देश टुक्र्याउने आफ्नो अभियानका विषयमा पत्रकारहरूलाई जानकारी गराउन सक्ने बुझिएको छ ।
तराईबाट मधेसलाई टुक्र्याएर अलग ‘मधेस देश’ बनाउने अभियानमा लागेका डा.राउतको गतिविधिबाट सरकारलाई टाउको दुखाइ बनेको छ ।
डा.राउतका हरेक गतिविधिको वाच गरिरहेको सरकारले उनका गतिविधिलाई पूर्णरुपमा प्रतिबन्ध नलगाएको भन्दै आलोचना पनि हुने गरेको छ ।












प्रतिक्रिया