काठमाडौं, १७ चैत । नेपालमा बुधबार साँझ फेरि भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ६ बजेर ११ मिनेटमा सिन्धुपाल्चोक भोटे नामलाङ आसपासको क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प गएको हो ।
उक्त भूकम्प ४.७ रेक्टर स्केलको भएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।
सिन्धुपाल्चोकमा भूकम्पको कडा धक्का महसुस गरिएको छ भने काठमाडौं उपत्यका, नुवाकोट, काभ्रे लगायतका आसपासका जिल्लामा पनि महसुस गरिएको छ ।
यसअघि मंगलबार साँझै गोरखालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।
हेर्नुस् तालिकाः














प्रतिक्रिया