एजेन्सी । एउटै फिल्मबाट बलिउडमा उदाएका अभिनेता टाइगर श्राफको प्रेमको पोल खुलेको छ ।
हिरोपन्थीबाट बलिउड डेब्यु गरेका टाइगर एक युवतीसँग डेटिङमा रहेकै बेला मिडियाको फेला परेका हुन् ।
प्राय कलाकारहरु आफ्नो प्रेम सम्बन्धलाई गोप्य नै राख्छन् र टाइगरको पनि गोप्य नै थियो तर, प्रमिकासँग डेटिङ जाँदा पोल खुलेको हो । उनी अहिले दिशा पटानी नामकी युवतीको प्रेममा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मुम्बईको पीभीआर मल्टिप्लेक्सबाट फिल्म हेरेर बाहिर निस्कँदै गरेको अवस्थामा मिडियाले फेला पारेपछि चर्चित अभिनेता ज्याकी श्राफका छोरा टाइगरको प्रेम सम्बन्धको पोल खुलेको हो ।
प्रेमी प्रेमिका सँगै देखिएपछि फोटोग्राफरले फोटो खिच्न भ्याए । टाइगर त खुलेरै फोटो दिइरहेका थिए भने उनकी प्रेमिका लजाइन् ।
त्यसक्रममा टाइगरले आफ्ना फ्यानसँग सेल्फी लिन थाल्दा उनकी प्रेमिका सुटुक्क कारभित्र पसिन् ।
















प्रतिक्रिया