२५ कार्तिक २०८३, बुधबार

अन्ततः कांग्रेसका युवा नेता ढुंगेलले पार्टी छाडे, बाबुरामको नयाँ शक्तिमा प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattrai

काठमाडौं, १७ चैत । नेपाली कांग्रेस एक जना युवा नेता पार्टी परित्याग गरी नयाँ शक्ति नेपालमा प्रवेश गरेका छन् ।

बुधबार एक विज्ञप्ति जारी गरी नेपाली कांग्रेस भक्तपुरका युवा नेता अशोक ढुंगेलले आफू औपचारिक रुपमै बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा प्रवेश गरेको जनाकाए छन् ।

‘आफू समृद्धि र विकासको पक्षमा रहेको र त्यो एजेण्डा बोकेर गठन हुन लागेको नयाँ शक्ति नेपालमा आजै देखि समाहित’ भएको उनको विज्ञप्तिमा उल्लेख छ ।

नेपाली कांग्रेसमा पुरातनवादी मानसिकता देखिएको, अन्तर पार्टी लोकतान्त्रिक अभ्यासको नाममा भित्रिएको कुसंस्कृति र युवाहरुको भुमिकालाई न्यूनीकरण गर्नै प्रवृतिको कारण पार्टीमा रहेर राजनीति गर्ने अवस्था नरहेको ढुंगेलले विज्ञप्तिमार्फत भनेका छन् ।

यसअघि कांग्रेसका युवा नेता गगन थापा पनि नयाँ शक्तिमा जाने हल्ला चलेको थियो ।

यस्तो छ विज्ञप्तिः

म लामो समय देखि नेपाली कांग्रेसको विभिन्न तहमा जिम्मेवारी पुरा गर्दै आएको कार्यकर्ता हुँ । तर नेपाली कांग्रेसमा देखिएको पुरातनवादी मानसिकता, अन्तर पार्टी लोकतान्त्रिक अभ्यासको नाममा भित्रिएको कुसंस्कृति र युवाहरुको भुमिकालाई न्यूनीकरण गर्नै प्रवृतिको कारण त्यस पार्टीमा रहेर राजनीति गर्ने अवस्था रहेन । लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेको र अव देशको मूल एजेण्डा समृद्धि र विकास भएकोले त्यो एजेण्डा बोकेर गठन हुन लागेको नयाँ शक्ति नेपालमा आजै देखि समाहित भएको छु । साथै इमान्दार र जागरुक तरुण साथीहरुलाई नयाँ शक्ति निर्माण अभियानमा जुट्न हार्दिक आव्हान समेत गर्दछु ।

अशोक ढुंगेल
युवा नेता ने.का., भक्तपुर

भिडियो हेर्न तल क्लिक गर्नुस्: