२५ कार्तिक २०८३, बुधबार

एमालेले आज बालुवाटारमा के–के गर्दैछ ? स्थायी समितिको बैठक बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML KP Oliकाठमाडौं, १७ चैत । पार्टीभित्रको आन्तरिक संगठन र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न एमालेको स्थायी समितिको बैठक बस्दैछ ।

अहिले केही समयपछि बालुवाटारमा बस्ने बैठकमा सरकारको कामकारबाही र मुलुकको पछिल्लो राजनीतिक अवस्थामा छलफल केन्द्रित हुने उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिनुभयो । ‘पार्टीको संगठनका विषयमा छलफल हुनेछ’, उहाँले भन्नुभयो, ‘विभागहरू गठन भएका छैनन् त्यस विषयमा पनि छलफल हुन सक्छ ।’

आजको बैठकमा केन्द्रीय सल्लाहाकार र विभागका सदस्यहरूको मनोनयसम्बन्धी कार्यसूचीमा छलफल हुनेछ ।

एमालेको पोलिटव्युरो बैठक यही चैत २३ र २४ तथा केन्द्रीय कमिटीको बैठक चैत २७–३० मा काठमाडौंमा हुने निर्णय गत फागुन २४ मा सम्पन्न स्थायी कमिटीको ३४औँ बैठकले गरेको थियो ।