२५ कार्तिक २०८३, बुधबार

चीनबाट आयो अर्काे शुभ खबर ! प्रधानसेनापति क्षेत्रीले हस्ताक्षर गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Xi-Jinping-and-KP-oli-chettrai

काठमाडौं, १६ चैत । प्रधानसेनापति राजेन्द्र क्षेत्रीको चीन भ्रमणका क्रममा नेपाल र चीनको सेनाबीच दुई वटा महत्वपूर्ण सम्झौता भएको छ ।

नेपाल र चीनको सेनाबीच भएको सम्झौताः
१) सेनाको क्षमता अभिवृद्धि गर्न तालिम उपलब्ध गराउने

२) सेनाको मोबाइल अस्पताललाई अझै विस्तार र प्रभावकारी बनाउन तथा आकस्मिक प्रकोप व्यवस्थापनका लागि अत्याधुनिक उपकरण प्रदान गर्ने ।

३) नेपाली सेनाका अधिकृतलाई चीनमा उपलब्ध गराउँदै आएको व्यावसायिक तालिमलाई अझै विस्तार गर्ने ।

यो सम्झौतामा सोमबार बेइजिङमा प्रधानसेनापति क्षेत्री र चिनियाँ समकक्षी फाङ फङहवैले हस्ताक्षर गरेको चीनस्थित नेपाली राजदूतावासले जनाएको छ ।

दुई देशबीच विकास र आर्थिक समृद्धिबारे १० वटा महत्वपूर्ण सम्झौता भएलगत्तै दुई देशको सेनाबीच नयाँ सम्झौता भएको हो ।

चीनका लागि नेपाली राजदूत महेशकुमार मास्केले सोमबार भएको सम्झौताअनुसार चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई ३ करोड चिनियाँ युआन (करिब ५० करोड) बराबरको सहयोग उपलब्ध गराउने बताए । ‘यसबाट नेपाली सेनालाई आधुनिकीकरण गर्न र क्षमता विकास गर्न सहयोग पुग्ने छ,’ उनले भने ।

सेनाको क्षमता अभिवृद्धि गर्नका लागि चिनियाँ जनमुक्ति सेनाले तालिम उपलब्ध गराउने र सेनाको मोबाइल अस्पताललाई अझै विस्तार र प्रभावकारी बनाउन तथा आकस्मिक प्रकोप व्यवस्थापनका लागि अत्याधुनिक उपकरण प्रदान गर्ने कुरा पनि सम्झौतामा उल्लेख छ ।

यसैगरी चिनियाँ सेनाले नेपाली सेनाका अधिकृतलाई चीनमा उपलब्ध गराउँदै आएको व्यावसायिक तालिमलाई अझै विस्तार गर्नेबारे पनि सम्झौता भएको छ ।

चिनियाँ सेनाको संग्राहालय अवलोकन गर्दै प्रधानसेनापति क्षेत्री
चिनियाँ सेनाको संग्रहालय अवलोकन गर्दै प्रधानसेनापति क्षेत्री

साथै चीनले विश्वमा नेपाली सेनाको देखाएको विरताको प्रशंसा पनि गरेको छ । चीनले नेपाली सेनालाई दिएको सहयोग यसअघि नै मन्त्रिपरिषदले स्वीकृत गरिसकेको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफ्नो भ्रमणमा चीनसँग विभिन्न महत्वपूर्ण सम्झौता गरी भारतको एकाधिकार नेपालमा तोडेका छन् ।

चीन भ्रमणका सिलसिलामा ८ सदस्यीय टोलीसहित चैत १४ गते बेइजिङ प्रस्थान गरेका प्रधानसेनापति क्षेत्री सप्ताहव्यापी औपचारिक भ्रमण सकेर चैत १९ गते स्वदेश फर्किने नेपाली सेनाले जनाएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।