२५ कार्तिक २०८३, बुधबार

कमल थापामाथि गम्भीर आरोप, सरकार नछाडे राप्रपा नेपाल फुट्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kamal-thapa

काठमाडौं, १६ चैत । सरकारमा गएसँगै चर्काे आलोचना खेपेका राप्रपा नेपालका अध्यक्ष कमल थापामाथि गम्भीर लागेको छ ।

उनलाई राप्रपा नेपालकै सहअध्यक्ष केशरबहादुर विष्टले आरोप लगाउँदै सरकारमा पार्टी जानुको औचित्य समाप्त भएकाले अब तुरुन्त सरकारबाट फिर्ता हुनुपर्ने बताए ।

संवैधानिक राजतन्त्रको एजेण्डा बोकेर हिँडेको पार्टीका अध्यक्ष(कमल थापा)ले राष्ट्रपतिबाट सपथ लिनु सबैभन्दा ठूलो गल्ती भएको र पार्टीको एजेण्डामाथि धोका भएको उनको आरोप छ ।

‘सरकारमा सहभागी हुनु नै राप्रपा नेपालको सबै भन्दा ठूलो भुल भयो । हिन्दू राज्य र संवैधानिक राजतन्त्रको एजेण्डा उठाएका कारण राप्रपा नेपाल चौथो ठूलो दल बन्यो । तर, त्यही जनताको मतमाथि पार्टीले विश्वासघात गर्यो’ उनले भने ।

सरकारबाट फिर्ता हुनुपर्ने भन्दै विष्टले मंगलबार विज्ञप्ति नै जारी गरेका छन् । स्रोतका अनुसार उनले पार्टी अध्यक्ष कमल थापालाई सरकार नछाडे पार्टीबाट अलग हुने चेतावनी पनि दिएका छन् ।