२५ कार्तिक २०८३, बुधबार

पौडेलले दिए देउवालाई कडा चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sherbahadur & Ramchandraकाठमाडौं, १६ चैत । संसदीय दलको नेता चयनका लागि नेपाली कांग्रेसभित्र तिव्र प्रतिस्पर्धा भइरहेको छ ।

दलको नेता बन्न सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलको दौडधूप जारी छ । नेता चयनका लागि यही चैत २४ गते निर्वाचन गर्ने तयारी छ । तर नेता पौडेल भने सो मितिमा निर्वाचन नगराउने पक्षमा देखिएका छन् ।

उनले संसदीय दलको विधान संशोधन नगरी हुने चुनाव आफूलाई मान्य नहुने बताइरहेका छन् । यसै क्रममा नेता पौडेलले सभापति देउवालाई टेलिफोनबाटै विधान संशोधन नगरी दलको चुनाव भए आफूहरुलाई मान्य नहुने चेतावनी दिएका छन् ।

उनले सोमबार बसेको आफूपक्षीय केन्द्रीय सदस्य तथा सांसदहरुको भेलाले नै विधान संशोधन नगरी निर्वाचन नगराउने निर्णय गरेको जानकारी दिँदै जबरजस्ती चुनाव नगर्न चेतावनी दिएको बताइएको छ । संसदीय दलको नेता चयनका लागि हुने भनिएको निर्वाचन दुई पक्षबीच विवाद बढ्दै गएकाले अनिश्चित बनेको छ ।