२५ कार्तिक २०८३, बुधबार

एसएलसीका विद्यार्थीलाई ज्योतिषको टिप्स ! जसले राम्रो अंकमा पास गराउनेछ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

SLC Girl

– ज्योतिष डा. सुनील सिटौला

यतिबेला कक्षा १० मा अध्ययनरत विद्यार्थीहरू आगामी बिहीबारदेखि सुरु हुने प्रवेशिका परीक्षा (एसएलसी)को तयारीमा जुटेका छन् । यो परीक्षा पार गरेपछि उच्च शिक्षाको ढोका खुल्ने भएकाले एसएलसी उत्तीर्ण हुनुलाई राम्रो उपलब्धि मान्ने गरेका छन् विद्यार्थीहरूले ।

उच्च शिक्षा अध्ययनका लागि एसएलसीमा प्राप्त हुने अंकले पनि निकै महत्व राख्छ । त्यसैले छोराछोरीले उत्कृष्ट नतिजा हासिल गर्ने कुरामा अभिभावकको जिम्मेवारी पनि कम हुँदैन । तर, ग्रह, भाग्य लगायत कुरालाई पनि विचार गर्नुपर्छ ।

ज्योतिषशास्त्र अनुसार निम्न बिधी प्रयोग गर्ने गरेमा एसएलसीमा राम्रो अंक प्राप्त गर्न सकिनेछ:

ज्योतिष सिटौला
ज्योतिष सिटौला

1) मेष राशिका विद्यार्थीहरूले परिक्षामा सहभागी हुँदा केशरको तिलक लगाउदा राम्रो हुन्छ ।

2) बृष राशिका विद्यार्थीहरूले परिक्षामा सहभागी हुँदा मुङीको दाललाई धर्मिक स्थलमा दान दिने,
राम्रो हुन्छ ।

3) मिथुन राशिका विद्यार्थीहरूले परिक्षामा सहभागी हुँदा तुलसीको दर्शन गर्ने गर्दा राम्रो हुन्छ ।

4) कर्कट राशिका विद्यार्थीहरूले घरबाट निस्कदा मह खाएर निस्कनु राम्रो हुन्छ ।

5) सिंह राशिका विद्यार्थीहरूले परिक्षामा सहभागी हुँदा चनाको दाल खाएर निस्कनु राम्रो हुन्छ ।

6) कन्या राशिका विद्यार्थीहरूले परिक्षामा सहभागी हुँदा पिपलको दर्शन गरेर निस्कनु राम्रो हुन्छ ।

7) तुला राशिका विद्यार्थीहरूले परिक्षामा सहभागी हुँदा काली गाईलाई दर्शन गरेर निस्कनु राम्रो हुन्छ ।

8) बृश्चिक राशिका विद्यार्थीहरूले परिक्षामा सहभागी हुँदा तुलसिको दर्शन गर्ने गर्दा राम्रो हुन्छ ।

9) धनु राशिका विद्यार्थीहरूले घरबाट निस्कदा मह खाएर निस्कनु राम्रो हुन्छ ।

10) मकर राशिका विद्यार्थीहरूले परिक्षामा सहभागी हुँदा गणेश देवताको प्रार्थना गर्ने गर्दा राम्रो हुन्छ ।

11) कुम्भ राशिका विद्यार्थीहरूले परिक्षामा सहभागी हुँदा सेतो चन्दनको तिलक लगाउदा राम्रो हुन्छ ।

12) मिन राशिका विद्यार्थीहरूले परिक्षामा सहभागी हुँदा जननी (आमा)को आशिर्बाद लिने गरेमा राम्रो हुन्छ ।