२५ कार्तिक २०८३, बुधबार

कामै नभएपछि प्रधानमन्त्री आत्तिए, ठाउँको ठाउँ कारबाही गर्ने चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-Oliकाठमाडौं, १६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनर्निर्माणको कामले गति लिन नसकेको भन्दै पुनर्निर्माणको काममा लापरबाही नगर्न चेतावनी दिनुभएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आज काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले प्राधिकरणले सोचे जस्तो काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले दुई महिनामा गर्नुपर्ने काम एक वर्षसम्म पनि हुन नसकेको भन्दै यस्तै अवस्था रहे पुनर्निर्माणको काम एक दशकसम्म पनि नसकिने बताउनुभयो । उहाँले आफूले गरेका काम दैनिक रुपमा सार्वजनिक गर्नसमेत प्राधिकरणलाई निर्देशन दिनुभयो ।

पुनर्निर्माणको काममा अनियमितता भए तत्कालै कारबाही गर्ने चेतावनी दिँदै प्रधानमन्त्री ओलीले संकटका बेलामा ऐन हेरेर भन्दा पनि व्यवहारिक कठिनाई बुझेर काम गर्नुपर्ने बताउनुभयो । दुई चार हजार रुपैया तलमाथि हुन्छ कि भनेर काम गर्न नडराउनसमेत उहाँले सुझाव दिनुभयो ।

कार्यक्रममा पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प प्रभावित क्षेत्रमा १ हजार ६ सय इन्जिनियर पठाइसकिएको जानकारी दिनुभयो । उहाँले भूकम्प प्रभावित क्षेत्रको सर्भे गर्ने काम ८० प्रतिशत सकिएको र चैत २१ गतेदेखि प्रभावित सबै क्षेत्रमा रकम वितरण गर्ने बताउनुभयो ।