– विमल योगी
काठमाडौं । नेपाली रङ क्षेत्रमा उदाउँदै गरेकी कलाकार हुन्, टीका जैसी । बर्दिया जिल्ला स्थायी घर भएकी टीकाले कलाक्षेत्रमा प्रवेश गर्न ठूलै संघर्ष गर्दैछिन् ।
विशेष गरेर नृत्यमा निपूर्ण रहेकी टीकालाई म्युजिक भिडियोमा मोडलिङ गर्नका लागि अफर पनि आउने गरेका छन् । तर उनले भने जस्तो राम्रा गीतमा खुलेर काम गर्न पाएकी छैनन् ।
ठूलो फिल्मको अभिनेत्री बन्ने उनको लक्ष्य हो । काठमाडौंमा नृत्य पेशालाई नै अंगालेर बसेकी टीकाले भनिन, ‘नृत्यमा मलाई धेरै सौख छ । म कुनै दिन ठूलै कलाकार बन्न सक्छु भन्ने आँट लिएकी छु ।’
चिनेका साथीभाइले कला क्षेत्रमा ठूलो भूमिकामा खेलाउने भने धेरै आश्वासन दिइसकेका रहेछन् । तर उनले ती आश्वासनलाई धेरै महत्व दिएकी छैनन् । भन्छिन्, ‘म कला क्षेत्रकै लागि जन्मिएकी हुँ जस्तो लाग्छ । अहिले नभए पनि समयले मलाई मेरो लक्ष्यमा पुगाउँछ । म हतार गरेकी छैन । उमेर छ । समयले मलाई त्यहाँ डोराएर लैजान्छ ।’
पातलो जिउडालकी टीकाले स्टेजमा चढेर आफ्नो कम्मर हल्लाउँदा उनको नृत्यको तफरिफ नगर्ने सायद कोही हुँदैनन् । उनले भनिन्, ‘मेरो नृत्य सबैले अहिलेसम्म मनपराइदिनुभएको छ ।’ उनको पातलो शरीर जस्तै उनको उचाइँ पनि एउटा कलाकारमा आवश्यक्ता अनुसार रहेको छ ।
राम्रो ब्यानरबाट अफर आए टीकाले मोडलिङका साथै नृत्यको पेशालाई अझै जोडदार रुपमा अगाडि बढाउने सोँचमा छिन् । मोडल टीकाले विभिन्न महोत्सव र सांस्कृतिक कार्यक्रमहरूमा अहिले पनि समय दिइरहेकी छिन् । त्यस्ता कार्यक्रममा उनले दुईदेखि पाँच वटासम्म नृत्य गर्ने गरेको बताइन् ।
















प्रतिक्रिया