काठमाडौं, १६ चैत । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न सद्भावना पार्टीको राष्ट्रिय कार्यकारिणीको बैठक बिराटनगरमा आजदेखि सुरू भएको छ ।
आज बिहानदेखि सुरू भएको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका साथै मधेस आन्दोलन, पार्टीको महाधिवेशन, संगठन सुदुढीकरणलगायतका विषयमा छलफल हुने महासचिव मनीषकुमार सुमनले जानकारी दिनुभयो ।
बैठकमा मुलुकभरिबाट जिम्मा भएका केन्द्रीय सदस्यहरूको धारणा सुनेपछि थप रणनीतिका साथ निर्णय हुनेछ ।
आज, भोलि र पर्सीसम्म गरेर तीन दिन चल्ने सद्भावना पार्टीको बैठकमा विशेष गरेर मधेस आन्दोलन र पार्टीको महाधिवेशन कहिले गर्ने भन्ने विषयमा छलफल केन्द्रित हुनेछ ।















प्रतिक्रिया