
सप्तरी, १६ चैत । गएराति आएको हावाहुरीले पूर्व–पश्चिम महेन्द्र राजमार्गको रुपनगरमा एउटा पिपलको रुख ढलेपछि दुई घन्टा बाटो अवरुद्ध भएको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिका–७ स्थित रुपनगरमा राति आएको हावाहुरीबाट ठूलो खाले पिपलको रुख राजमार्गमा ढलेपछि सो बाटो अवरुद्ध भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
अवरुद्ध बाटो खुलाउनका लागि त्यहाँ आज बिहानैदेखि प्रहरी पुगेको प्रहरी निरीक्षक गौरव महतले बताउनुभयो ।
यसैबीच, पूर्व–पश्चिम राजमार्गको रुपनगरमा पिपलको बोट ढलेर अवरुद्ध भएको रुखको हाँगा काटेर एक साइडको बाटो खुलाइएको र अरु बाटो खुलाउने प्रयास भइरहेको बताइएको छ । रासस












प्रतिक्रिया