३१ आश्विन २०८३, शनिबार

दाङका यी दुई फिल्मकर्मीबीच यसरी भयो भिडन्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गणेश बेल्वासे, ‘उहिलेको बाजेको पालामा’
गणेश बेल्वासे, ‘उहिलेको बाजेको पालामा’

काठमाडौं, १६ चैत । कलाकार गणेश बेल्वासेले निर्माण गरेको ‘उहिलेको बाजेको पालामा’ र दीपक ओलीले निर्देशन गरेको ‘रोल्पा रोग’ एकआपसमा भिड्ने भएका छन् ।

दुबै फिल्मले एकआपसमा सल्लाह नगरेर फिल्मको रिलिज डेट सार्वजनिक गरेपछि गृह जिल्ला दाङ भएका यी दुई फिल्मकर्मीका फिल्म जुध्न लागेका हुन् ।

‘उहिलेको बाजेको पालामा’ र ‘रोल्पा रोग’ दुबै फिल्म दाङका साथै विभिन्न जिल्लामा पुगेर छायाँकन गरिएको थियो । दुबै फिल्मले आफ्नो रिलिज डेट वैशाख २४ रोजेका छन् ।

‘उहिले बाजेको पालामा’ले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर वैशाख २४ गते राजधानी उपत्यकामा र जेठ ७ गते उपत्यका बाहिरका हलहरूमा फिल्म चलाउने घोषणा गरेको थियो ।

दीपक ओली, ‘रोल्पा रोग’
दीपक ओली, ‘रोल्पा रोग’

तर, वैशाख १७ गते रिलिजको मिति घोषणा गरेको दीपक ओलीका फिल्म ‘रोल्पा रोग’ले सोमबार नै अचानक वैशाख २४ गते आफ्नो रिलिज मिति तोकेको हो ।

‘उहिले बाजेको पालामा’को निर्माण पक्षले आफ्नो फिल्म प्राविधिक र कथावस्तु सबै पक्ष सबल रहेको दाबी गर्दै कुनै फिल्म आफूसँग आएर जुध्दैमा केही फरक नपर्ने बताउँछ । ‘रोल्पा रोग’ले पनि वैशाख १७ गते अरु ठूला ब्यानरका फिल्मसँग जुध्नुपर्ने बाध्यता रहेकाले वैशाख २४ मा रिलिज समय राखिएको जनाएको छ ।

दाङका यी दुई फिल्मका हस्ती गणेश बेल्वासे र दीपक ओलीको यो कार्यले अन्त्यमा दुबैलाई बेफाइदा हुनेछ ।

‘उहिले बाजेको पालामा’ पुरानो संस्कृति एवम् दुई गाउँबीचको सत्रुतापूर्ण व्यवहारलाई देखाउन खोजिएको छ । ‘रोल्पा रोग’ले माओवादीको युद्धबाट गाउँका युवा पीडित भएको विषयलाई आफ्नो कथामा राखेको छ ।

‘उहिले बाजेको पालामा’ केही ब्रान्डेड र पुराना कलाकार छन् । ‘रोल्पा रोग’मा सबै नयाँ पुस्ताको बर्चस्व छ ।