३१ आश्विन २०८३, शनिबार

४५ युवालाई उछिनेर अग्रवालले तीन लाख झ्वाम्म पारे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mr Nepalकाठमाडौं । ‘वर्ल्ड टच मिस्टर नेपाल २०१६’को उपाधि कीर्तिपुर निवासी २९ वर्षीय गणेश अग्रवालले जितेका छन् । ४५ युवा प्रतियोगीलाई पछि पार्दै उनले उपाधि चुमेका हुन् ।

‘एउटा राजकुमारमा हुनु पर्ने गुण तपाईमा के छ ?’ निर्णायकले अन्तिम राउण्डमा अग्रवाललाई प्रश्न राखेका थिए । यही प्रश्नको उत्कृष्ट जवाफ दिँदै अग्रवाल उपाधि विजेता बनेका हुन् ।

अग्रवाललाई गतवर्षका विजेता सन्दीप पोखरलले ताज पहिराए । बिजेता अग्रवालले नगद तीन लाख, दुई चलचित्रमा अभिनय अवसरका साथै मलेसिया भ्रमणको अवसर प्राप्त गरेका छन् । अग्रवालले २०१६ मा आयोजना हुने ‘मिष्टर वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्ने छन् ।

विजेता अग्रवालले उपाधिका साथमा नगद तीन लाख, दुई चलचित्र अभिनय अवसरका साथै विभिन्न उपहार प्राप्त गरे । विजेता घोषित अग्रवालले आफूलाई नेपाली चलचित्र क्षेत्र मनपर्ने भएकोले सफल अभिनेता बन्ने आफ्नो लक्ष्य रहेको सुनाए ।

प्रतियोगितामा दिप्सन भट्टराई र शंशाक पोखरेल क्रमश फष्ट रनरअप र सेकेण्ड रनरअप घोषित भए । दुवै बिजेताले उपाधिका साथमा विभिन्न उपहार समेत प्राप्त गरेका छन् ।