२५ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्रीसँग काँग्रेस सभापतिको भेटवार्ता, चीन भ्रमणको उपलब्धिबारे छलफल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

oli-deuba

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको भेटमा चीन भ्रमणसहित समसायिक विषयमा कुराकानी भएको प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीसहितको चीन भ्रमणका विषयमा काँग्रेस सभापतिले जिज्ञासा राख्नुभएको भ्रमण उपलब्धिमूलक रहेको प्रधानमन्त्री ओलीले जानकारी गराउनुभएको समेत उहाँले जानकारी दिनुभयो । रासस