२५ कार्तिक २०८३, बुधबार

भारतको अतिक्रमण रोक्न युवा संघ सीमामा खटिने, सुस्ताबाट पहारीले दिए चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

yaan-1

काठमाडौं, १४ चैत । केन्द्रीय अध्यक्ष राजीव पहारी नेतृत्वमा युवा संघ नेपाल लुम्बिनी अञ्चलका अगुवा नेताहरुले भारतद्वारा अतिक्रमित नेपाली भुभाग सुस्ताको आइतबार अवलोकन गरेका छन् ।

नेपालको तरल राजनीतिको फाईदा उठाउदै भारतले २०४९ सालदेखी पटक पटक गरी करिब १४ हजार हेक्टर भुभाग कब्जा गरिसकेको सुस्ता पुगेर संघका केन्द्रीय अध्यक्ष पहारीले नेपाल-भारत सीमाको विषयमा अविलम्ब छिनोफानो गर्न सरकारसँग माग गरेका छन् ।

yaan

‘सुस्तामा नेपालीहरुमाथि भारतीय सुरक्षाकर्मीले ज्यादति गरेको पाए । नेपाली भुमि पनि निकै मिचिएको पाए । बाँकी रहेको भुभागको पनि नेपालीहरु लालपुर्जा पाएका छैनन् । सर्वप्रथम त म हाम्रो सरकारलाई यहाँ बस्ने नेपालीहरुलाई तुरुन्त लालपुर्जा बाड्न माग गर्दछु । अर्काे कुरा नेपाल–भारत सीमाको तुरुन्तै छिनोफानो हुनुपर्छ । त्यसका लागि काठमाडौंमा रहेको भारतीय राजदूतावास, परराष्ट्र मन्त्रालयमार्फत पहल गर्नुपर्छ,’ सुस्ता पुगेका पहारीले भन्नुभयो- ‘यदि यसो नहुने हो र भारतीय ज्यादति कायमै रहने हो भने हामी चुप लागेर बस्दैनौं । युवा संघ देशभरीका सीमामा खटिनेछ । आफ्नो भुमिको रक्षा गर्न विना बर्दीको सिपाही बनेर खटिन्छौं । पछि हट्ने छैनौं । परिणाम नराम्रो हुनेछ ।’

yaan-2

अध्यक्ष पहारीले हालसम्म भारतबाट मिचिएका सीमाहरुको लगत लिने र सच्चाउन सरकार र भारतको ध्यानाकर्षण गराइने बताए ।

सुस्ता अवलोकनका क्रममा युवा संघ नेतृत्वले सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङ, नागरिक अगुवा लैला बेगम अजिम खान लगायतसँग सम्बाद गरेको थियो ।

अब देशैभरी अतिक्रमित भुमी फिर्ता गर्न अभियान सञ्चालन गर्ने र भारतीय बिस्तारबादी सोचको भण्डाफोर गरिने अध्यक्ष पहारीले घोषणा गरे ।