काठमाडौं, १४ चैत । निर्वाचित कार्यसमिति आएसँगै नेपाली कांग्रेसमा संसदीय दलको नेता छान्न आगामी चैत २४ गते निर्वाचन हुने भएको छ ।
संसदीय दलको निर्वाचन गर्न कांग्रेस केन्द्रीय कार्यसमितिले बनाएको समितिको पहिलो बैठकले आइतबार निर्वाचनको मिति तय गरेको हो । समितिका संयोजक रमेश रिजालले २३ गते उम्मेदवारी दर्ता र २४ गते चुनाव हुने जानकारी दिए ।
संसदीय दलको नेता बन्न सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल नै भिड्ने देखिएको छ ।













प्रतिक्रिया