१ कार्तिक २०८३, शनिबार

मोदी सरकारले लगायो उत्तराखण्डमा राष्ट्रपति शासन, कांग्रेसको आपत्ति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Indiaएजेन्सी, १४ चैत । भारतको उत्तराखण्डमा राष्ट्रपति शासन लागू गरिएको छ ।

राज्यमा राजनीतिक संकट गहिरिएपछि राष्ट्रपति शासन लागू गरिएको हो । केन्द्रीय मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति शासन लागू गरिएको हो ।

उत्तराखण्डमा मुख्यमन्त्री हरिस रावतको नेतृत्वमा कांग्रेस आईको सरकार थियो ।

कांग्रेस आईका विद्रोही सांसदलाई त्यहाँको विधानसभाका सभामुखले गएराति निलम्बन गरेका थिए । मुख्य मन्त्रीले विधानसभामा भोलि विश्वासको मत लिने कार्यक्रम थियो ।

राष्ट्रपति शासनको कांग्रेस आईले विरोध गरेको छ । भारतीय जनता पार्टीका नेताहरुले उत्तराखण्डमा राष्ट्रपति शासन लागू गरिनुपर्ने बताएका थिए ।