काठमाडौं, १४ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको जेट एयरवेजको विमानमा बम भएको हल्ला चलेपछि साँझ साढे ६ बजेसम्मका लागि विमानस्थल बन्द गरिएको छ ।
भारतबाट आएको जेट एयरलाइन्सको विमानमा बम भएको हल्ला फैलिएपछि विमानस्थल बन्द गरिएको हो । बम भएको भनिएको विमानलाई अलग्गै स्थानमा राखिएको छ ।
नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ । सुरक्षाकर्मीले बम भएको विमानभित्र खोजतलास गरिरहेका छन् । काठमाडौं आउन लागेका विमानहरु बमको हल्लाले अवतरण गर्न सकेका छैनन् भने सयौं यात्रु विमानस्थलमै बसिरहेका छन् ।















प्रतिक्रिया