मुम्बई । पोर्नस्टारबाट बलिउड अभिनेत्री बनेकी सन्नी लियोनीको इच्छा धेरैलाई थाहा नहुन सक्छ । तर, त्यो इच्छा अब भने पुरा भएको छ ।
पोर्नस्टार छबिका कारण बलिउडका ठूला स्टारसँग काम नपाएकी सन्नीको बलिउड सेलिब्रेटी बन्ने सबैभन्दा ठूलो सपना रहेको छ । जून बलिउडका स्टार अभिनेता शाहरुख खानले पुरा गरिदिने भएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार बलिउडमा हट छविका लागि चिनिने सन्नीले अब बलिउडका किङ खान समेत भनेर चिनिने शाहरुसँगै अभिनय गर्ने निश्चित भएपछि बलिउड स्टार बन्ने उनको इच्छा पुरा हुनेभएको हो ।
जसअनुसार सन्नी लियोनले शाहरुख खानको आगामी चलचित्र ‘रईस’ मा अभिनय गर्ने निश्चित भएको छ । स्टार अभिनेतासँग फिल्म खेल्न पाउनेभएपछि सन्नीले आफूले देखेको सपना साकार भएको बताइन् ।
















प्रतिक्रिया