काठमाडौं, १३ चैत । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका विषयमा निर्वाचन तालिका बनाउन आजदेखि तयारी सुरू भएको छ ।
कांग्रेस नेता रमेशर रिजाल संयोजकत्वको समितिले दलको नेता चयनका विषयमा आफ्नो तालिका बनाउनेछ । सोही तालिका अनुसार कार्यक्रम अगाडि बढाइने स्रोतले जनाएको छ ।
कांग्रेसले चैत २५ गतेभित्र संसदीय दलको नेता चयन गरिसक्ने तयारी गरेको छ । संसदीय दलको नेता छनौट भएपछि जिम्मेवारी प्रमुख प्रतिपक्षको भूमिका निभाउन सहजिलो हुने सांसदहरूको भनाइ छ ।
दलको नेतामा सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच प्रतिस्पर्धा हुने प्रारम्भीक संकेत देखिएको छ ।












प्रतिक्रिया