१ कार्तिक २०८३, शनिबार

ब्रसेल्समा आक्रमण गर्ने संदिग्ध छ जना पक्राउ, आक्रमणमा संलग्नहरुको नाम पहिल्यैदेखि अमेरिकाको सूचीमा !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Belgium_Army_High_Allert_955445180एजेन्सी, १२ चैत । बेल्जियमको ब्रसेल्समा आतंककारी विस्फोटमा संलग्न रहेको आशंकामा ६ जना पक्राउ परेका छन् । प्रहरीले ब्रसेल्सबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिको पहिचान खुलाइएको छैन ।

उनीहरुका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आक्रमणका प्रमुख दोषीको खोजी भइरहेको अधिकारीहरुले बताएका छन् ।

ब्रसेल्स आक्रमणकारी अमेरिकी आतंककारीको सूचीमा पहिल्यै सूचीकृत

यसैबीच ब्रसेल्समा हमला गर्नेहरु यसअघि नै अमेरिकाको आतंकवादीको सूचीमा सूचीकृत रहेको पाइएको छ ।

अमेरिकी अधिकारीहरुले यो रहस्य सार्वजनिक गरेको अमेरिकी एनबीसी टेलिभिजनले जनाएको छ । ब्रसेल्समा गरिएका आक्रमणमा संलग्न उनीहरु अमेरिकी अधिकारीहरुले तयार पार्ने गरेको आतंककारीको सूचीमा रहेको पाइएको समाचारमा जनाइएको छ ।

सूचीमा ती दुई भाई इब्राहिम र खालिद एल बाक्राउ पनि रहेको र उनीहरु अमेरिकी सो सूचीमा सम्भावित आतंकवादीको खतराको सूचीमा रहेको पाइएको पनि बताइएको छ । अमेरिकी अधिकारीले निर्माण गर्ने आतंकवादीको सूचीमा उनीहरुको नाम रहेको मात्र बताइएको छ तर यस बारेमा विस्तृत विवरण भने केही दिइएको छैन ।

यसअघि बेल्जियमा अधिकारीहरुले नै ती दुई दाजुभाई विभिन्न लुट तथा गोलीकाण्डमा पनि मुछिएका पाइएको बताएका थिए । उनीहरु विभिन्न मुद्दामा पनि दोषी पाइएका व्यक्ति हुन् ।

ती दुईजना मध्येको एक अल बकाराउले ब्रसेल्सको विमानस्थलमा आफैंमाथि बम विस्फोट गराएर आत्मघाती आक्रमण गरेका थिए । उनलाई सन् २०१५ मा नै टर्कीले आतंककारीको सूचीमा राखेको थियो । सन् २०१५ को जुलाईमा उसलाई टर्कीले नेदरल्याण्डमा फिर्ता पठाएको थियो ।

खालिद अल बकराउ अर्का भाई हुन् र उनले ब्रसेल्सकै मेट्रो स्टेसनमा आफैंमाथि बम हानेर विस्फोट गराएको बताइएको छ ।
यी दुवै भाइको बारेमा बेल्जियमले विशेष निगरानी राख्ने गरेको भए पनि सुरक्षा निकायलाई यस पटक उनीहरुले छलेको पाइएको अधिकारीहरुको भनाई छ ।