२५ कार्तिक २०८३, बुधबार

सरकारको बिकल्प खोज्ने बेला आयो, अब कांग्रेस हेरेर बस्दैनः पौडेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pradip-Paudel

काठमाडौं, १२ चैत । नेपाली काँग्रेसका युवा नेता एवं केन्द्रिय सदस्य प्रदीप पौडेलले यो सरकारको बिकल्प खोज्ने बेला आइसकेको बताउनु भएको छ ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले वर्तमान सरकार पूर्णरुपमा असफल भएकाले यो सरकार परिवर्तन गर्ने बेला भएको बताउनु भएको हो । उहाँले नेपाली काँग्रेस सबै भन्दा ठूल दल भएका कारणले पनि सरकारको नेतृत्वका लागि अघि बढ्ने बताउनु भएको हो ।

नेपाली काँग्रेसको महाधिबेशन पश्चात संसदीय दलको नेताको चयनका लागि प्रक्रिया अघि बढेको भन्दै संसदीय दलको नेता सर्वसम्मतबाट चयन नभई निवार्चनबाटै चयन हुने अवस्था सृजना भएको उहाँले बताउनु भयो ।

उहाँले नेपाली काँग्रेसको महाधिबेशनकै कारण सरकारको प्रमुख प्रतिपक्षको भूमिका निर्वाहमा चुकेको बताउँदै अब सरकारका गलत कामलाई नियालेर हेरी नबस्ने समेत बताउनुभयो ।

नेपाली काँग्रेसको महाधिबेशनले बैचारिक पक्षलाई भन्दा पनि कसलाई सभापति र पदाधिकारीमा निर्वाचन गर्नेमा केन्द्रित बन्दा खासै परिवर्तनको अपेक्षा गर्न नसकिने भएता पनि काँग्रेस नेपाली राजनीतिमा ठूलो दल भएकाले परिमार्जन हुँदै नेपाल र नेपालीको हितमा लाग्ने बिश्वास ब्यक्त गर्नुभयो ।

हरेक राजनीतिक दलहरुले नेपालीको हित अनुसार काम गर्न नसक्दा छिमेकीले समेत आफ्नो अनुकुल प्रयोग गराइरहेकाले देशले अघोषित नाकाबन्दी भोग्नु परेको भन्दै बिदेश नीतिअनुसार नेपालका राजनीतिक दलहरुल परिचालन भए कसैले नेपालको अहित सोच्न नसक्ने उहाँको टिप्पणी थियो ।

राजनीतिक दलहरुले घोषणा पत्र अनुसार काम गर्ने परिपाटि नभएकाले देशका युवा शक्ति बिदेश पलायन हुने बाध्यता बढेकाले युवाहरुलका लागि रोजगारको श्रृजना गरि देश बिकासमा लाग्ने वाताबरण तयार पार्न सबै राजनीतिक दल एक भएर लाग्नु पर्नेमा जोड दिनु भयो ।

संबिधान जारी पस्चात कार्यान्वनको पाटो जटिल रहेकाले सबै राजनीतक दलहरुले यस तर्फ ध्यान दिन जरुरी रहेको भन्दै मधेश अन्दोलनका जायज माग पुरा गर्न काँग्रेस जहिले पनि अग्र पन्थीमै रहेको उहाँको भनाई छ ।

स्थानिय निकायको निर्वाचन गर्न नसक्दा देशले ठूलो समस्या भोग्नु परेकाले स्थानिय निकायको निवार्चन तत्काले गर्न काँग्रेस लागि परेको समेत उहाँले बताउनुभयो ।