
काठमाडौं, १२ चैत । कांग्रेस सभापतिमा शेरबहादुर देउवाले जितहासिल गरेसँगै उनी निकटका विद्यार्थी नेताहरूको नजिक हुने भनेर होडबाजी नै चलेको छ । यही होडबाजीको दौडमा रहेका बुढो नेता भएर पनि विद्यार्थीको राजनीति गर्दै आएका जितजंग बस्नेतले जगत हँसाउने गतिलो कार्य गरेका छन् ।
उनले बुधबार मध्यान्ह शंकरदेव क्यापसमा देउवा निकटका विद्यार्थी नेता शुभराम बस्नेतमाथि सांघातीका आक्रमण गराएका छन् ।
आक्रमणबाट गम्भीर घटनाबाट बचेका बस्नेतको पुतलीसडकस्थित क्यापिटल अस्पतालमा उपचार समेत भएको छ ।
विशेष गरेर जितजंग समूहले शंकरदेव क्यामपसको ईकाई कमिटीको विषयमा प्रश्न उठाउँदै बस्नेतमाथि आक्रमण गरेको दाबी गरेको छ ।
विषय ईकाई कमिटी गठनको भए पनि जितजंग र शुभराम समूह लामो समयदेखि एकअर्काप्रति दुश्मनको भाव राख्दै आएका थिए । मौका पाउनेवित्तिकै जितजंग समूहले शुभराममाथि आक्रमण गरेको हो ।
बुधबार मध्यान्ह साढे बाह्र बजे शंकरदेव क्याम्पस प्रवेश गर्दै गर्दा टोले गुन्डा मनीष थापाको नेतृत्वमा आएका करीब एकसय जनाको समूहले बस्नेतलाई खुकुरी, रड र ढुङ्गाले प्रहार गरेको थियो । प्रहारबाट बस्नेतको टाउको, हात र शरीरमा गम्भीर चोट लागेको नेविसंघका एक नेताले जानकारी दिएका छन् ।
स्रोतका अनुसार आक्रमणकारी टोलेगुन्डा थापा, जितजंग बस्नेतका हनुमान हुन् । जितजंगकै निर्देशनमा बस्नेतमाथि सांघातिक आक्रमण भएको एक विद्यार्थी नेताले बताए ।
बस्नेतमाथि सांघातिक आक्रमण भएको खबर थाहा पाएका नेविसंघको भूतपूर्व संस्थापन समूहले खुसी मनाएको छ । नेविसंघका अध्यक्ष रञ्जित कर्ण समूहले यो घटनालाई हर्सोल्लासका साथ मनाएको आरोप छ । ‘आफ्नो गुटभित्र आफूआफूबीच कुटाकुट गरेर ठीक गरे’, अध्यक्ष कर्ण निकट एक नेताले भन, ‘अब देउवा गुटको रमिता हेर्न दिनदिनै मिल्नेछ ।’












प्रतिक्रिया