३१ आश्विन २०८३, शनिबार

माइकल ज्याक्सनकी छोरीलाई गर्भ बोकाउने को ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paris-jackson.jpgलसएञ्जलस । पप गायक स्वर्गीय माइकल ज्याक्सनकी छोरी पेरिस ज्याक्सनको बारेमा एउटा ठूलो खुलासा भएको छ । पेरिस मात्र १८ वर्षकी छिन् ।

उनको पेटको आकार हेरेर मानिसहरूले थुप्रै प्रकारका अड्कलबाजी लगाउन सुरु गरेका छन् । उनको ठूलो पेट देखेर उनी गर्भवती भएको आशंका मानिसहरुले गर्न थालेका छन् ।

‘डेल्लीस्टार डट को डट युके’ का अनुसार १८ वर्षीया पेरिस र उनका प्रेमीलाई केही समय पहिले
एउटा रात्रिभोज कार्यक्रममा सँगै देखिएको थियो । यही कार्यक्रममा उनको उठेको पेटलाई देखेर मानिसहरूले उनी गर्भवती भएको अनुमान लगाएका थिए ।

पेरिसलाई रातिको खाना खाने समयमा देखियो । उनले टोस्ट खाइन् र रक्सीको सट्टा पानी पिइन् । रक्सी नपिई टोस्टसँग पानी पिउनु निकै असामान्य भएको भन्दै कोही मानिसहरूले पेरिस गर्भवती भएको ठोकुवा नै गरेका छन् । एजेन्सी