३१ आश्विन २०८३, शनिबार

नारायण गोपालका गीत पछ्याएका रेग्मी अहिले पनि संघर्षमै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prakash Regmi 1काठमाडौं । प्रकाश रेग्मी, यो नाम तपाईका लागि नयाँ लाग्न सक्छ । तर यो नाम गीत संगीतको क्षेत्रमा नयाँ भने होइन । पाँच दर्जन गीतहरूमा स्वर दिइसकेका गायक रेग्मी मिलनसार छन् ।

‘सुनामी’ यो उनको पहिलो एकल एल्वम हो । यही एल्वमका गीतहरूबाट गायक रेग्मी चर्चामा आएका हुन् । विशेष गरेर आधुनिक, लोक र राष्ट्रिय गीतहरूमा स्वर दिएका रेग्मीले फिल्ममा अहिलेसम्म मौका पाएका छैनन् ।

०५७ सालदेखि गीत संगीतको क्षेत्रमा लागेका गायक रेग्मीलाई यो क्षेत्रमा लाग्न आफ्नै परिवारले सहयोग गरेको थियो । भन्नु पर्दा रेग्मीको घरका अधिकांश सदस्य गीत संगीतकै क्षेत्रमा क्रियाशील थिए । रेग्मीमा रेडियोमा मनोरञ्जनात्मक कार्यक्रम चलाउने क्षमता उत्तिकै छ । सुरुवाती दिनमा उनले रेडियोमा पनि कार्यक्रम चलाएका थिए ।

गायक रेग्मीले संगीतको ज्ञान चन्दन श्रेष्ठसँग लिएका हुन् । श्रेष्ठसँगकै ज्ञानले आनन्द कार्की, नरेन्द्र प्यासी, रामकृष्ण ढकाल, शिशिर योगी, शिव परियार, अञ्जु पन्त, सिन्धु मल्ल, माण्डवी त्रिपाठी, रामचन्द्र काफ्ले आदिले धेरै नाम र दाम कमाइ सकेका छन् ।

राजधानीमा अहिले पनि ३/४ वटा विद्यालयका साना बालबालिकाहरूलाई संगीतको शिक्षा दिँदै आएका गायक रेग्मीले विभिन्न गीतहरूमा स्वर दिँदै आएका छन् । ‘बाँच्नका लागि केही गर्नुपर्छ’, उनले भने, ‘गीतसँगीतका अलावा मैले विद्यालयमा साना बालबालिकाहरूलाई संगीतको शिक्षा दिने गरेको छु । बचेको समय गीत संगीतमा वित्ने गरेको छ ।’

दाङ जिल्लाको स्थायी बासिन्दा गायक रेग्मीलाई नारायण गोपालका गीतले धेरै प्रभाव पारेको छ । उनले सानैदेखि नारायण गोपालका गीत गाएर यो क्षेत्रमा पाइला बढाएको बताउँछन् ।

प्रस्तुति : विमल योगी