काठमाडौँ । नेपाली गीत संगीतको पारखीहरूको लागि २०७२ को होली को शुभकामना स्वरूप चर्चित कलाकार रतन सुबेदीको नयॉ म्यूज़िक भिडीयो रिलिज गरिएको छ।
‘वत्ति बालेर…’ शीर्षकको यो गीत १८ वर्ष अगाडीको रतन सुबेदीको लोकप्रिय गीत हो । त्यो समय हरेक रेडियोमा सर्वाधिक बजेको ‘यो वत्ति बालेर’ गीत हरेक स्टेज कार्यक्रम र कन्सर्टको ज्यान थियो। रतन सुबेदीको ख्यातिलाई यस गीतले अझ माथि पुर्याएको थियो।
रतनले र्याप शैलीको यो गीतलाई पुनः नयॉ म्यूज़िक एरेन्ज गरी फेरी स्वराकंन गरेका छन्। चलचित्रका नायिका–नायक नीता ढुगांना र गजित विष्ट अभिनीत यस गीतलाई दिनेश डिसीले निर्देशन गरेका हुन् ।
सुमन कोइरालाको छांयाकन, किरांत विन्द्रको कोरियोग्राफ़ी, नन्दा अधिकारीको श्रृगांर र नहकुल खडकाको सम्पादन रहेको यो गीत दर्शक स्रोताहरूले रुचाउने अनुमान गरिएको छ।
नेपाली टेलिभजन र चलचित्रका अव्वल कलाकार रतन सुबेदीले पछिल्लो समय आफ्नो कर्म थलो अमेरिकालाई बनाए पनि नेपाली कलाकारितामा यिनी निरन्तर लागिरहेका छन्।
हेर्नुस् भिडियोः
https://www.youtube.com/watch?v=nQiSJDu4qrc
















प्रतिक्रिया